
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा गरिब र सर्वसाधारणलाई खाना खुवाउने अभियानमा रोक लगाउने भएको छ।
शहर फोहोर र अव्यवस्थित भएको भन्दै यो अभियानमा रोक लगाउन महानगरपालिकाले नगर प्रहरीलाई निर्देशन दिएको छ।
लकडाउन सुरु भएदेखि नै निम्न आय भएका केही समुदायलाई विभिन्न समूह मिलेर सार्वजनिक स्थलमा खाना खुवाउँदै आएका थिए।
खाना खुवाउने समूह ‘१०० ग्रुप’का संयोजक बब्लु गुप्ताले भने, ‘महानगरपालिकाले बन्द गरिहाल भनेको छैन। हामीले दैनिक ८ सयलाई खुवाएको छौँ। यदि बन्द गर्ने नै हो भने महानगरापालिकाले पार्टी प्यालेसमा लगेर खुवाउँछु भन्न सक्नुपर्यो, नत्र भने हाम्रो कार्यक्रम जारी रहन्छ।