मुम्बईविरुद्ध गर या मरको अवस्थामा हैदराबाद

मुम्बईविरुद्ध गर या मरको अवस्थामा हैदराबाद
+
-

मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबाद। इन्डियन प्रिमियर लिग-आइपिएल क्रिकेटमा यो सिजन पहिलो चरणको अन्तिम खेल।

नेपाली समयअनुसार मंगलबार साँझ पौने ८ बजे सुरु हुने यो खेलले प्ले अफ पुग्ने चौथो टोलीको टुंगो लगाउने छ। अगाडि बढ्ने होडमा हैदराबाद र कोलकाता नाइट राइडर्स रहेका छन्। मुम्बईलाई हराउन सके हैदराबाद प्ले अफमा पुग्ने छ। हैदराबाद पराजित भए कोलकाता नाइट राइडर्सको भाग्य खुल्ने छ।

१३ खेलपछि १८ अंक भएको मुम्बई शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको १४ खेलबाट १६ अंक छ। तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स ब‌ैंग्लोर र चौथो स्थानमा रहेको कोलकाताको १४ खेलबाट समान १४ अंक छ। १३ खेलबाट १२ अंक भएको हैदराबाद पाँचौँ स्थानमा छ। नेटरनरेट हैदराबादको कोलकाताभन्दा राम्रो छ।

पहिलो चरणमा मुम्बईले अब प्राप्त गर्न बाँकी केही छैन। शीर्ष स्थानमा रहने निश्चित भइसकेको छ। उसले फाइनल पुग्न दुईपटक अवसर पाउने छ। पहिलो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्ने छ। त्यस खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानमा रहने टोलीबीचको खेलको विजेतासँग फेरी फाइनल पुग्न प्रतिस्पर्धा गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?