
मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–९ की ६१ वर्षीया महिलाको मंगलबार साँझ पौने पाँच बजे मृत्यु भएको हो।
महिलामा कार्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। १८ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएकी महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
यससँगै प्रतिष्ठानमा हालसम्म ८३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।