
काठमाडौँ- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले बुधबारबाट सुरु हुने आफ्नो नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।
मंगलबार भारतीय सञ्चार माध्यमसँग बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुसी लागेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि लिन लागेकोमा आफूले सम्मानित महसुस गरिरहेको पनि उनले बताएका छन्।
Indian Army Chief General MM Naravane, on Nepal’s visit, said it will strengthen the bonds of the two armies. Naravane will be on a three-day visit to Nepal starting November 4.
The Indian Army chief’s visit is expected to ease tensions between India and Nepal pic.twitter.com/5o5pW7icpq
— Hindustan Times (@htTweets) November 3, 2020
नेपाली सेनाको औपचारिक निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शनिबार स्वदेश फर्कने छन्। नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन्