प्रदेशसभा सदस्य केसीलाई कोरोना सङ्क्रमण पुष्टि

प्रदेशसभा सदस्य केसीलाई कोरोना सङ्क्रमण पुष्टि
+
-

बेनी – गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताए।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

म्याग्दी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना सङ्क्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन्।

केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ। सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।

म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरि गाउँपालिका–७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?