माइक्रोम्याक्सले इन सिरिजमा सार्वजनिक गर्‍यो दुई स्मार्टफोन

+
-

काठमाडौँ-भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले इन सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।

माइक्रोम्‍याक्सले यो सिरिज अन्तर्गत नोट वान र वान बी गरी दुई स्मार्टफोन विश्‍वबजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले योसँगै यसकै विभिन्न भेरियन्टमा यी फोन सार्वजनिक समेत गरेका छन्। यस्तै भारतीय बजारमा नोट वानको बिक्री नोभेम्बर २४ देखि र वान बीको बिक्री नोभेम्बर २६ देखि हुने म्‍याक्रोम्‍याक्सले जनाएको छ ।

इन नोट वान
यो स्मार्टफोनमा ६.६७ इन्च फुल एचडी प्लस पन्च होल डिस्प्ले राखिएको छ भने अल्ट्रा ब्राइट रिजोलुसन समेत उपलब्ध छ। यो स्मार्टफोनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसरको साथ ४ जीबी र्‍याम जडान गरिएको छ भने ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध हुने छ।

यसका साथै यो स्मार्टफोनमा फोटोग्राफीका लागि क्वाड रियर क्यामेरा सेटअप गरिएको छ भने ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल वाइड एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ। यसमा डुअल एलईडी फ्ल्यास रहेको छ ।

Micromax In Note 1, In 1b specs and renders leaked moments before launch | 91mobiles.com

सेल्फीका लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ। यसले ७८ डिग्री वाइड एंगल कभर गर्छ । यसअन्तर्गत तपाईं जिआईएफ फर्म्याटमा फोटोहरू क्लिक गर्न सक्नुहुन्छ ।

फोनमा शक्तिशाली ५ हजार ब्याट्री छ, जसले रिभर्स चार्ज टेक्नोलोजी सपोर्ट गर्दछ। यसको मतलब तपाईं यसको साथ अर्को स्मार्टफोन चार्ज गर्न सकिन्छ । तपाईंले फोनको साथ १८ वाटको फास्ट चार्जर पनि पाउनुहुनेछ।

एन्ड्रोइड टेन अपरेटिङ भर्सनमा चल्ने याे फाेनमा कम्पनीले २ वर्षको ग्यारेन्टी अपग्रेड प्रदान गर्दैछ । याे स्मार्टफाेनकाे मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टकाे १०,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस १२८ जीबी भेरियन्टकाे १२,९९९ भारतीय रूपैयाँ रहेकाे छ ।

इन वान बी
यस्तै यो स्मार्टफोनमा ६.५२ इन्च प्लस मिनी ड्रप डिस्प्ले छ। यो अल्ट्रा ब्राइट रिजोलुसनको साथ आउँदछ। फोनमा मेडियाटेक हेलियो जी३५ प्रोसेसरको साथ २ जीबी र ४ जीबी र्यामको संयोजन छ।

तपाईंले ३२ जीबी र ६४ जीबी अनबोर्ड स्टोरेजका साथ फोन किन्न सक्नुहुनेछ। फोटोग्राफीका लागि यसमा डुअल रियर क्यामेरा सेटअप छ। जसमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ । त्यस्तै २ मेगापिक्सेल डेप्थ सेन्सर छ । यसले डुअल एलईडी फ्ल्यासको सुविधा दिएको छ ।

सेल्फीका लागि ८ मेगापिक्सल फ्रन्ट क्यामेरा छ। फोनमा शक्तिशाली ५००० ब्याट्री छ, जसले रिभर्स चार्ज टेक्नोलोजी सपोर्ट गर्दछ। तपाईले फोनमा १० वाटको फास्ट चार्जर पनि पाउनुहुनेछ।

Micromax تعود إلى الحياة، وتكشف رسميًا عن الهاتفين Micromax IN Note 1 و Micromax IN 1B - إلكتروني

एन्ड्रोइड टेन अपरेटिङ भर्सनमा चल्ने यो फोनमा कम्पनीले २ वर्षको ग्यारेन्टी अपग्रेड प्रदान गर्ने बताएको छ।

यो फोनको मूल्य २ जीबी प्लस ३२ जीबी भेरियन्टमा ६,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा ७,९९९ भारतीय रूपैयाँमा उपलब्ध हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?