
काठमाडौँ- जिल्ला प्रशासन झापाले कोरोना भाइरसको महामारी बढिरहेको भन्दै दमक नगरपालिकामा कात्तिक मसान्तसम्मका लागि बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म सार्वजनिक सवारी साधन सन्चालमा रोक लगाएको छ।
प्रशासनले बुधबार विज्ञप्ती जारी गर्दै राजमार्गमा भने रोक नलगाइएको जनाएको छ।
अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटक सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, ढुवानी र निर्माण सामग्रीका सवारी साधनबाहेकका अन्य सम्पुर्ण सवारी साधनमा रोक लगाइएको प्रशासनले जनाएको छ।