अमेरिकी राष्ट्रपति निर्वाचन: अझै ८ राज्यको नतिजा अनिर्णीत, ट्रम्प र वाइडेनबीच कडा भिडन्त

अमेरिकी राष्ट्रपति निर्वाचन: अझै ८ राज्यको नतिजा अनिर्णीत, ट्रम्प र वाइडेनबीच कडा भिडन्त
+
-

मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन।

न्युयोर्क टाइम्सका अनुसार  हालसम्म जोए बाइडेनले २ सय २७ सिटमा जित निश्चित पारेको अनुमान गरिएकोछ भने वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले २ सय १३ सिटमा आफ्नो जित निश्चित गरिसकेका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न दुई सय ७० सिट आफ्नो पोल्टामा पार्नुपर्नेछ।  अब ८ वटा राज्यबाट ९८ सिटको नतिजा स्पष्ट हुन बाँकी छ। खासगरी विस्कन्सिन, पेन्सेल्भेनिया, जर्जिया र मिसिगनको नतिजाले ट्रम्प र वाइडेनको भाग्य निर्धारित गर्नेछ।

नेभाडा र एरिजोना डेमोक्र्याटहरुको पोल्टामा जाने देखिएको छ।

विस्कनसिनमा ८९ प्रतिशत मत गणना हुँदासम्म वाइडेनले झिनो अग्रता लिएका छन् भने मिसिगनमा करिब २ लाख मतको अन्तर देखिएको छ। मिसिगनमा करिब एक चौथाइ मत अझै गन्न बाँकी छ। २० इलेक्टोलर मत रहेको पेन्सेल्भनियामा ७४ प्रतिशत मत गणना हुँदासम्म ट्रम्प करिब ७ लाख मतले अगाडि छन्। जर्जिया र नर्थ क्यारोलिनामा पनि दुईबीच तीव्र प्रतिष्पर्धाको स्थिति छ।

जर्जियामा १६, मिसिगनमा १६, विस्कनसिनमा १०, नर्थ क्यारोलिनामा १५, एरिजोनामा १० र नेभाडामा ६ इलेक्टोरल भोट छ। यसैगरि अलस्कामा ३ इलेक्टोरल भोट छ। अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल भोटका लागि मतदान भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?