यी चार राज्यको मत परिणामले तय गर्ने छ नयाँ अमेरिकी राष्ट्रपति

यी चार राज्यको मत परिणामले तय गर्ने छ नयाँ अमेरिकी राष्ट्रपति
+
-

अमेरिकाको नयाँ राष्ट्रपतिको निर्क्योल अहिले मत गणना भइरहेका जर्जियाको १६, मिसिगन १६,  नर्थ क्यारोलिनामा १५ र पेन्सेल्भेनिया २० इलेक्टोलर सिटको परिणामले गर्ने देखिएको छ।

मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन।

न्युयोर्क टाइम्सका अनुसार  हालसम्म जोए बाइडेनले २ सय २७ इलेक्टोरल सिटमा जित निश्चित पारेको अनुमान गरिएको छ भने वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले २ सय १३  सिटमा आफ्नो जित निश्चित गरिसकेका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न २ सय ७० सिट आफ्नो पोल्टामा पार्नुपर्नेछ। अब ८ वटा राज्यबाट ९८ सिटको नतिजा स्पष्ट हुन बाँकी छ। खासगरी विस्कन्सिन, पेन्सेल्भेनिया, जर्जिया र मिसिगनको नतिजाले ट्रम्प र वाइडेनको भाग्य निर्धारित गर्नेछ। पेन्सेल्भेनियामा २०, जर्जियामा १६, मिसिगनमा १६ र नर्थ क्यारोलिनामा १५ इलेक्टोरल सिट छ। अर्थात यी चारवटा राज्यमा ६७ सिट छ।

मत गणना भइरहेका विस्कनसिनमा १०,  एरिजोनामा १०, नेभाडामा ६  र अलस्कामा ३ इलेक्टोरल भोट छ। अमेरिकी समाचार संस्थाहरुका अनुसार जारी मत गणनामा डेमोक्र्याटिक उमेद्वार वाइडेन विस्कनसिन, नेभाडा र एरिजोनामा मात्र अगाडि छन्। ट्रम्पलाई मिसिगनमा २ लाख र पेन्सेल्भेनियामा ७ लाख मतको अग्रता छ।

सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सास ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्युयोर्क भने बाइडेनले जितेका छन्। अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल भोटका लागि मतदान भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?