घरमा बसेका कोरोना संक्रमितले जथाभावी औषधि नखानूः स्वास्थ्य मन्त्रालय

घरमा बसेका कोरोना संक्रमितले जथाभावी औषधि नखानूः स्वास्थ्य मन्त्रालय
+
-

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भइ घरमै आइसोलेसनमा बसेका संक्रमितहरुलाई जथाभावी औषधी सेवन नगर्न आग्रह गरेको छ।

मन्त्रालयको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो बताएका छन्।

उनले भने, ‘कोरोना संक्रमित भइ घरमा नै आइसोलेसनमा बस्नुभएकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकाहरुसँग सरसल्लाह गरी विभिन्न औषधिहरु सेवन गरेको पाइएको छ। यसरी जथाभावी आफूखुशी औषधी सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न अनुरोध गरिन्छ।’

डा. गौतमले होम आइसोलेसनमा आफूले गर्न नभ्याएर नगरेका र गर्न मन लागेका कोठामा बसेर गर्न मिल्ने सिर्जनात्मक कामहरु गर्न आग्रह गरे।

उनले थपे, ‘किताब पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, गीत सुन्ने, फिल्म हेर्ने जस्ता कामहरु गरी मन भुलाउनुहोस्।’

उनले संक्रमणसँग निरन्तर लड्न प्रतिरोधात्मक शक्ति चाहिने र सो शक्ति खानाबाट मात्रै प्राप्त हुने भएकाले स्वस्थ खानेकुरा पर्याप्त मात्रामा खानुपर्ने सल्लाह दिएका छन्।

साथै उनले परिवारको कुनै सदस्य संक्रमण भइ घरमै आइसोलेसनमा भएमा सबैजनाले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र सफासुघरसँग बस्न आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?