मस्तिष्क शल्यक्रियापछि डिएगो म्याराडोनाको स्वास्थ्यमा सुधार हुँदै

मस्तिष्क शल्यक्रियापछि डिएगो म्याराडोनाको स्वास्थ्यमा सुधार हुँदै
+
-

विश्वकप विजेता अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरले बताएका छन् ।

एक दिन पहिले उनको ब्लड क्लटका लागि मस्तिष्क सर्जरी भएको थियो । उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको अर्जेन्टिनाका सञ्चारमाध्यमले डाक्टरलाई उद्धृत गरि उल्लेख गरेका छन् ।

सन् १९८६ को मेक्सिको विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरि जित दिलाएका थिए । उनको मस्तिष्कमा भएको सम्भावित रक्तश्राव रोक्नका लागि शल्यक्रिया भएको हो ।

उनका फिजिसियन डा. लिओपोल्डो लुक्यूले भनेका छन्, ‘डिएगोले राम्रोसँग रेस्पोन्ज गरिरहेका छन् । जब हामीले ड्रेन हटायौँ उनी मुस्कुराए, मलाई हेरे, हात समाते ।’

गएको सोमबार उनी राजधानी ब्यूनेस आयर्स स्थित इपेन्सा क्लिनिकमा भर्ना गरिएको हो । एनिमिया तथा डिहाइड्रेसनबाट प्रभावित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

डिएगोमा कुनै प्रकारको न्यूरोलोजिकल समस्या नरहेको डाक्टरले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?