
काठमाडौँ – सुनको मूल्य बिहीबार सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।