पटाका भित्रिन नदिन प्रहरीको अपरेशन, प्रहरीद्वारा साढे १३ लाख रुपैयाँ बराबरको पटाका बरामद

पटाका भित्रिन नदिन प्रहरीको अपरेशन, प्रहरीद्वारा साढे १३ लाख रुपैयाँ बराबरको पटाका बरामद
+
-

झापा – चाडपर्वलाई लक्षित गरि छिमेकी मुलुक भारतका विभिन्न बजारहरूबाट विभिन्न समयमा ल्याइएका पटाका प्रहरीले बरामद गरेर नष्ट गर्ने काम जारी राखेको छ।

गत अशोज २३ गते यता कात्तिक १९ गतेसम्म १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बरामद गरेको छ।

ग अशोज २३ गते भद्रपुर नगरपालिका वार्ड नं ३ बाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको थियो।
त्यसैगरि, अशोज २४ गते गौरादह ९ बाट २५ हजार मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सीमावर्ती गौरीगञ्ज ३ बाट कात्तिक ३ गते ५५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको थियो।

कात्तिक ८ गते भद्रपुर ४ बाट ५५ हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

गत कात्तिक १३ गते कचनकवल गाउँपालिका ४ बाट १ लाख मूल्य बराबरको पटाका बरामद गरिएको र त्यस्को भोलिपल्ट मेचीनगर १५ बाट १० हजार मूल्य बराबरको पटाका बरामद गरिएको थापाले बताए।

कात्तिक १५ गते कचनकवल ४ बाट ५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गत कात्तिक १८ गते मेचीनगर १० बाट ३ लाख ५० हजार मूल्य बराबरको पटाका प्रहरीले समातेको थियो। त्यसैगरि कात्तिक १९ गते बुधबार अर्जुनधारा ५ बाट १ लाख र मेचीनगर ५ बाट २ लाख मूल्य बराबरको पटाका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भारतबाट अवैध ?पमा नेपालतर्फ ल्याइँदै गरेको तथा लुकाई राखेको अवस्थामा प्रहरीले बुधबार तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ।

बुधबार दिउँसो झापाको भद्रपुर ५ मा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो।

बरामद गरिएका बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पटाकाले विभिन्न दुर्घटना निम्त्याउने भएकाले जिल्ला प्रहरी कार्यालय झापाले कुनै पनि हालतमा जिल्लामा पटाका भित्रिन निदने उद्धेश्यका साथ कारबाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

पटाका भित्र्याउने मान्छेले इ–रिक्सा तथा अटो रिक्साका चालकलाई प्रयोग गर्ने भएकाले सामान भित्र्याउनेको नाम रेकर्डमा राखेर चालकहरूलाई छोडिदिने गरिएको थापाले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष