काठमाडौँ – बंगलादेशसँग हुने दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ। बंगलादेश पुगेपछि नेपाली टोली क्वारेन्टिनमा बस्ने छ। त्यसपछि कोरोना परीक्षण गरेर बंगलादेशसँग खेल्ने छ। बंगलादेशसँग खेल्न किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरिएको छ।
टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकाश खवास, विक्रम लामा, विमल राना, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की र किरण चेम्जोङ टोलीमा छन्।
यसैगरि नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पाश्वान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुबास गुरुङ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ टोलीमा छन्। टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन तथा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र विकाश मल्ल छन्।