प्रदेश-२मा थप पाँचजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १८० पुग्यो

प्रदेश-२मा थप पाँचजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १८० पुग्यो
+
-

जनकपुरधाम-कोरोना संक्रमणबाट प्रदेश २ मा थप ५ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै मृत्यु हुनेको संख्या १ सय ८० पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

बिहिबार सप्तरीमा ४ जना र सिरहामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. २ का २८ वर्षीय पुरुष, महदेवा गाउँपालिका वडा नं. ४ का ३० वर्षीय पुरुष, वडा नं. ६ का ३० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका वडा नं. २ का २६ वर्षीय महिला र सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ४९ पुरुष र ३१ म्हिलाले ज्यान गुमाएका छन्। हालसम्म पर्सामा ५०, सप्तरीमा ३१, सिरहामा २०, धनुषामा १९, बारामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४३ नयाँ कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीमा ९, धनुषामा ८, बारामा ७, सिरहामा ६, रौतहटमा ४, महोत्तरीमा ३, पर्सामा ३, सर्लाहीमा १ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज थप ९० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यस सँगै निको हुनेको संख्या १४ हजार ६ सय ११ पुगेको स्वास्थ्य निर्देशनलय प्रदेश २ ले जनाएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?