
साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ।
बिहीबार राती भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले हरायो।
मुम्बर्ई पाचौँपटक फाइनल पुगेको हो।
पहिला ब्याटिङ्ग गरेको मुम्बर्ईले पाँच विकेट गुमाएर २ सय रन जोडेको थियो।
दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन मात्र जोड्न सक्यो।
दिल्लीका सुरुका तीन जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।
मुम्बईका जसप्रित बुमराहले चार विकेट हात पारे।