
काठमाडौँ- प्रहरीले सार्वजनिक बस चढेर बुटवलबाट आएका एक व्यक्तिको साथबाट ४० लाख रुपैयाँ नगद बरामद गरेको छ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा गरिएको जाँचमा नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्ताको साथबाट उक्त रकम बरामद भएको र पैसाको स्रोत नखुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुप्ताले झोला र कम्मरपेटीमा लुकाएर उक्त रकम काठमाडौँ भित्र्याउँदै थिए।