हुम्लामा कक्षा ११ को परीक्षा सुरु

हुम्लामा कक्षा ११ को परीक्षा सुरु
+
-

हुम्ला- सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माध्यामिक विद्यालयले कक्षा ११ को परिक्षा सञ्चालन गरेको छ।

कोरोना संक्रमणका कारण कक्षा एघारमा शिक्षा मन्त्रालयले चालीस पुर्णाङ्कको लागि सम्वन्धित विद्यालयले आन्तरिक परिक्षा संचालन गर्नु पर्ने कार्य बिधि ल्याएपछि विद्यालयले उक्त परिक्षा सञ्चालन गरेको हो।

विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले विद्यालयमा पठन पाठन हुने तीन वटै संकायका कक्षा एघारको परिक्षा आन्तरिक रुपमा सञ्चालन गरिएको बताए।

कार्य बिधिले साठी पुर्णाङ्क विद्यालयको आन्तरिक मुल्याङ्कन र चालीस पुर्णाङ्कको आन्तरिक परिक्षा विद्यालय स्वयमले सञ्चालन गर्नु पर्ने ब्यबस्था अनुसार परिक्षा सञ्चालन भई रहेको हो । परिक्षामा सतप्रतिशत विद्यार्थीको सहभागिता रहने गरेको विद्यालयले जनाएको छ।

मानसरोवर माविमा कक्षा एघारमा शिक्षा, मानविकी र ब्यबस्थापन संकायको पठन पाठन हुन्छ । प्रअ शाहीले तीन संकायको परिक्षा सुरु भएको बताए । सबै संकाय गरि १४१ जना परिक्षार्थीहरुले परिक्षामा सहभागिता रहदै आएको छ । बिहान सात वजेवाट परिक्षा सुरु हुने गरेको छ ।

विद्यार्थीहरु साढे एक घण्टा परिक्षामा सामेल हुदै आउनु भएको छ । परिक्षा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । प्रश्नापत्र विद्यालय आफैले काटेको थियो । परिक्षा सम्पन्न भएपछि विद्यालयले उत्तर पुस्तिका प्रदेशमा पठाउनु पर्नेछ ।

आन्तरिक रुपमा कक्षा एघारको परिक्षा सञ्चालन गर्ने मानसरोवर नमूना मावि जिल्लामा पहिलो विद्यालय भएको छ । हुम्लामा छ वटा कक्षा ११ र १२ पठन पाठन हुने विद्यालय भएपनि अन्य विद्यालय हरुले यसरी आन्तरिक परिक्षा सञ्चालन गर्ने तयारी गरेका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?