१० किलोभन्दा बढी अफिमसहित एकजना पक्राउ

१० किलोभन्दा बढी अफिमसहित एकजना पक्राउ
+
-

नेपालगञ्ज– बाँके प्रहरीले ठुलो मात्रामा अफिम र पटाका बरामद गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।

खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका हुन्। पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध अफिम र चरेसको कारोबार बाँके हुँदै भारतमा हुने गरेको पाइन्छ। गत शनिबार मात्रै बाँके प्रहरीले तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजनालाई नियन्त्रणमा लिएको थियो।

यस्तै बाँके प्रहरीले जमुनाहाबाट ठूलो मात्रामा पटाका बरामद गरेको छ। पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद भएको एसपी रानाले जानकारी दिए। भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगञ्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा राखेर पटाका ल्याइरहेका व्यक्तिहरु प्रहरीलाई देखेपछि पटाका फालेर भागेको प्रहरीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?