
मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १६ की ८१ वर्षीया बृद्धाको शुक्रबार दिउँसो २ बजे मृत्यु भएको हो।
उच्च रक्तचापबाट पीडित बृद्धामा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।
त्यसपछि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि २० गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।