कर्णाली प्रदेशका मुख्यमन्त्री शाही एक्लै सुटुक्क हुम्लामा

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही एक्लै सुटुक्क हुम्लामा
+
-

सिमकोट-कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाही पहिलो पटक अन्य मन्त्री बिनै हुम्ला आई पुगेका छन् । संघ र प्रदेश सरकारबाट सम्पन्न भएको कार्यहरुको अनुगमन गर्न मुख्य मन्त्री शाही हुम्ला आई पुगेका हुन।

यसअघि मुख्यमन्त्री शाही जति पटक हुम्ला आउदा पनि सामाजिक बिकास मन्त्री दल रावललाई संगै ल्याएर आउने गर्थे तर यस पटक उनी एक्लै सुटुक्क हुम्ला आई पुगेका छन् । केही दिन अगाडी मात्र मुख्यमन्त्रीले हटाउने लिस्टमा मन्त्री रावलको नाम थियो।

यसै कारणले पनि मुख्यमन्त्री शाहीले सामाजिक मन्त्री रावललाईसँगै नल्याएका होलान भन्ने नेकपाकै कार्यकर्ताहरु पनि सिमकोट बिमान स्थलमा एक आपसमा कुरा गर्दै थिए । यस पटक उनीसंग दुई जना पुर्ब सासद संगै आएका छन्।

यसरी मुख्यमन्त्री सुटुक्क हुम्ला आउनुमा जिल्लामा संघ तथा प्रदेश सरकारवारट संचालन भएका योजनाको अनुगमन गर्नु रहेको छ । एक कार्यक्रममा मख्यमन्त्री शाहीलै तीनै तहकाबिच समन्वय भएर काम गर्न सके बिकासको प्रतिफल प्राप्त हुने बताएका थिए ।

हिल्सा जान पाएनन्


अनुगमनका क्रममा हुम्ला आई पुगेका मुख्य मन्त्री महेन्द्र बहादुर शाही हिल्सा जाने कार्यक्रम सफल हुन सकेन । हेलिकोप्टरबाट हिल्सा जाने कार्यक्रम तय भएको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नभएपनि मुख्यमन्त्री शाहीको हिल्सा जाने कार्यक्रम हुन नसकेको हो।

हाल हुम्लामा रहेको हेलिकोप्टरको पाईलटलाई दश हजार फिट भन्दा अग्लो स्थानमा उडान अनुमति नभएपछि मुख्यमन्त्री शाही जाने भनिएको हेलिकोप्टरले उडान भर्न नसकेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताएका छन्।

हिल्सा जानका लागि निक्कै प्रयास भएपनि हेलिकोप्टर कम्पनीले नमान्दा कार्यक्रम रद्ध भएको थियो । मुख्यमन्त्री शाहीको आजै हिल्सामा अनुगमन गर्न जाने कार्यक्रम रहेको थियो।

कार्यालय प्रमुखलाई निर्देशन दिने


मुख्य मन्त्री शाहीले शनिवार संघ र प्रदेश मताहातका कार्यालय प्रमुख निर्देशन दिने कार्यक्रम रहेको छ । यस पटकको मुख्यमन्त्री शाहीको हुम्ला आउने कार्यक्रम अनुगमन भएको कारण कार्यालय प्रमुखलाई निर्देशन दिन लागेका हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?