
काठमाडौँ– नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुधार भएको जनाएको छ।
भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै विज्ञप्ती जारी गरी त्यस्तो जनाएको हो। नेपाली सेनाका अनुसार सैनिक जंगी अड्डामा आयोजित रात्री भोजमा दुवै देशका सेनाध्यक्षले दुई देशका सेनाबीचको सम्बन्ध सुधार गर्नमा यो भ्रमण सफल भएको उल्लेख गरेका थिए।
नेपाली सेनाले आपसी सुरक्षा चासोका विषयमा दुई सेनाध्यक्षबीच खुला छलफल भएको जनाएको छ। नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे बुधबार नेपाल आइपुगेका थिए।