
इन्डियन प्रिमियर लिग क्रिकेटको अहिले भइरहेको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदराबादलाई एक सय ३२ रनको लक्ष्य दिएको छ।
टस हारेपछि ब्याटिंग गर्ने जिम्मेवारी पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३१ रन जोड्यो। बैंग्लोरका एबी डे भिलियर्सले ५६ र एरोन फिन्चले ३२ रन बनाए। विराट कोहली ६, देवदुत पडिक्कल एक र मोइन अली शुन्यमा आउट भए।
हैदराबादका जेसन होल्डरले ३ र नाटाराजनले २ विकेट लिए।