
इटालीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोबर्तो माचिनी कोरोना भाइरसबाट सक्रमित भएका छन्।
५५ वर्षका रोबर्तोमा कुनै लक्षण नदेखिएको र उनी रोम स्थित घरमा आराम गरिरहेको इटालियन फुटबल फेडेरेशनले जनाएको छ ।
माचिनीले सन् २००९–२०१३ सम्म म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका थिए ।
इटालीले आउँदो दुई हप्तामा तीन खेल खेल्दैछ । बुधबार इस्टोनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै त्यसपछि नेशन्स लिगमा पोल्याण्ड र बोजनियासँग खेल्ने छ ।