अमेरिकी चुनाव २०२०

जो बाइडेनकाे एकता सन्देश: ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ’

जो बाइडेनकाे एकता सन्देश: ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ’
+
-

अमेरिकी राष्ट्रपति चुनावमा अग्रता कायम राखेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सम्बोधन गरि आफूहरु जितको मार्गका रहेको बताउँदै देशलाई एकीकृत गराउनका लागि सबै मिलेर काम गर्नु पर्ने बेला आएको उल्लेख गरेका छन् ।

गृह राज्य डेलवरको विलमिङ्गटनमा नेपाली समय अनुसार शनिबार बिहान सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले जनताको आवाज सुनिनु पर्ने बताए।

उनले भने, ‘हामी यो दौड जित्दै छौँ । तर जनताको हरेक आवाज सुनिनु पर्छ र सुनिने छ ।’

उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका साथमा उपस्थित भएका बाइडेनले तनाव र विभाजन उच्च रहेको बताउँदै अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका रुपमा आउनु पर्ने बेला रहेको बताए ।

उनले भने, ‘भिन्न विचारहरु छन् । तर त्यसलाई सम्बोधन गर्दै हामी देशका रुपमा आउनु पर्ने छ । हामी त्यसका लागि तयार छौँ ।’

उनले आफू सत्तामा आएपछि आफूलाई मत दिनेको मात्रै विपक्षमा मत दिनेहरुको पनि अर्थात सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताए ।

उनले देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनु पर्ने, गिरेको अर्थतन्त्र उकास्नु पर्ने, संस्थागत रुपमा रहेको रंगभेद, जलवायु परिवर्तनसहितका टड्कारो समस्या समाधानको पक्षमा काम गर्नु पर्ने बताए । त्यसका लागि आफूले काम गर्नका लागि प्रयास थालिसकेको उनले बताएका छन् ।

उनले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ ।’ उनले भावी पुस्ताका लागि आशावादी रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धाँधली’ तथा ‘छल’ गरेर आफूबाट नतिजा खोसिएको आरोप लगाएका बेला बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरि एकताको सन्देश दिएका हुन् ।

मतगणना अन्तिम चरणमा पुग्दा महत्वपूर्ण राज्यहरुमा जो बाइडेनले अग्रता कायम गरेका छन् ।

अमेरिकामा नोभम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ तथा राज्यका संसद एवम् स्थानीय तहका लागि मतदान भएको थियो । अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा गएर अड्किएको छ ।

आफू पछि पर्दै गएपछि ‘धाँधली’ आरोप लगाए केही राज्यमा मतगणना रोकिनु पर्ने माग गरेका ट्रम्पले अदालतको ढोका ढकढक्याए पनि त्यसमा सफल भएका छैनन् । तर बाइडनेले जनमत सुनिनु पर्नेमा जोड दिएका छन् ।

अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार ‘ब्याटलग्राउड’ राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका वा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् ।

बाइडेनले २० तथा १६ लेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

ट्रम्पले नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।’ त्यसपछि उनले सामाजिक सञ्जालमा लगातार पोस्ट गरेर धाँधली तथा आफूबाट नतिजा छिनिएको आरोप लगाइरहेका छन् ।

पेन्सिलभेनियामा पराजित भएमा ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने सपना औपचारिक रुपमा सकिने छ ।

उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए । ट्रम्पले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।

प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना भइरहेको छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।

चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि पछि परेका हुन् ।

डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।

न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।

तस्बिरः एएफपी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?