
माेरङ– पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार २ हजार ६ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
यसक्रममा मन्त्रालयले मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा समान १६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्बु, संखुवासभा र तेह्रथुममा समान २, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयले विराटनगर महानगरपालिकामा ४६ महिला र ७१ पुरुष गरी कुल १ सय १७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ।
यसैगरि मोरङको सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिकामा समान १३, बेलबारी नगरपालिकामा १२, पथरीशनिश्चरे नगरपालिकामा ११, रंगेली नगरपालिकामा ६, उर्लाबारी नगरपालिका र कटहरी गाउँपालिकामा समान ४ जना संक्रमित थपिएका छन्।
यस्तै सुनबर्षी नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका र ग्रामथान गाउँपालिकामा समान ३, मिक्लाजुङ गाउँपालिकामा २, लेटाङ नगरपालिका, केराबारी र जहदा गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा ६३, धरान उपमहानगरपालिकामा ४२, इनरुवा नगरपालिकामा १०, दुहवी नगरपालिकामा ७, बराहक्षेत्र नगरपालिकामा ३, रामधुनी नगरपालिका, गढी, बर्जु, र देवानगञ्ज नगरपालिकामा समान २, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यसैगरि झापाको दमक नगरपालिकामा २८, बिर्तामोड नगरपालिकामा २०, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समान ८, कनकाई नगरपालिकामा ७, मेचीनगर नगरपालिकामा ४, गौरादह नगरपालिकामा ३, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समान २, अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकमा समान १ र स्थानीय तह नखुलेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरि पहाडी क्षेत्रतर्फ, खोटाङको दिप्रङ चुईचुम्मा गाउँपालिकामा १२, बराहपोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १, उदयपुरको त्रियुगा नगरपालिकामा ११, कटारी नगरपालिकामा ३ र स्थानीय तह नखुलेका २ जना कोरोना पुष्टि भएको छ।
यस्तै इलामको इलाम नगरपालिकामा ४, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई जोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा समान १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मी नगरपालिकामा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिकामा २, संखुवासभाको मादी र खाँदबारी नगरपालिकामा समान १, तेर्हथुमको म्याङलुङ नगरपालिका र आठराई गाउँपालिकामा समान १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय १५ पुगेको छ।
प्रदेश १ मा शनिबार ५ सय २७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेश १ का विभिन्न होम आइसोलेसनबाट ५ सय २४ र विराट शिक्षण अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेशमा १३ हजार ५ सय ६७ पुगेको छ।