बार्सिलोनाको शानदार जित, मेस्सीले गरे दुई गोल

बार्सिलोनाको शानदार जित, मेस्सीले गरे दुई गोल
+
-

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो । उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो । थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए । ९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बार्सिलोनाले ५–२ ले जित दर्ता गर्न सफल भएको हो । जितपछि आठौँ स्थानमा पुगेको बार्सिलोनाको सात खेलबाट ११ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा काडिजलाई ४–० ले पराजित गरेको एथ्लेटिको मड्रिड सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा पुगेको छ । अरु खेलमा सेभिल्लाले ओसासुनालाई १–० ले पराजित गर्दा हुएस्का र एइबरले १–१ को बराबरी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?