
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेका छन् ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक गोल खाएर दुई गोल गर्न सफल भयो भने दोस्रो हाफमा उसले थप दुई गोल गरेको हो ।
यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । एभर्टनका लागि बेर्नार्डले गोल गरे ।
जितपछि तेस्रो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १५ तथा १४ औँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको सात खेलबाट १० अंक भएको छ ।
अरु खेलमा क्रिष्टल प्यालेसले लीड्सलाई ४–१ तथा वेष्ट ह्यामले फुलह्यामलाई १–० ले पराजित गरेका छन्।