
इन्डियन प्रिमियर लिग-आइपीएल क्रिकेटको यो सिजन सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले फाइनल पुग्ने अन्तिम आशाका रुपमा आइतबार सनराइजर्स हैदराबादसँग खेल्दै छ।
नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुने यो खेलमा जित हात पार्ने टोली फाइनल पुग्ने छ। पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायरमा हैदराबादसँग खेल्न लागेको हो।
दिल्लीको यो भिडन्तअघि सन्दीप सामाजिक सन्जालमा ब्यस्त देखिन्छन्। सन्दीपलाई यो सिजन दिल्ली क्यापिटल्सले मैदान उतारेको छैन। दिल्लीले खेलेका १५ खेलमा कुनैमा पनि सन्दीपले ‘प्लेइङ सेट’मा स्थान बनाउन सकेनन्। हैदराबादसँग हुने खेलमा सन्दीपले अवसर पाउनेबारे अनेकन अड्कलबाजीहरु भइरहेका छन्।
We can’t think too much on things that we can’t control. – “Great Life Learning Lesson”. 👊🏻
— Sandeep Lamichhane (@Sandeep25) November 8, 2020
सन्दीपले ५० मिनेटअघि ट्वीटरमा लेखेका छन्- हामीले नियन्त्रण गर्न नसक्ने विषयमा धेरै सोच्न सक्दैनौँ – ‘ ठुलो जिवन सिकाईको पाठ’
आफुले टोलीमा स्थान पाउन नसकिरहेको प्रति सन्दिपले गुनासो गरेको रुपमा यसलाई बुझ्न सकिन्छ।
क्यारेबियन प्रिमियर लिग क्रिकेटमा शानदार प्रदर्शन गरेर फर्किएका सन्दीप त्यतैबाट दुबई पुगे पनि उनलाई एकै खेलमा पनि दिल्लीले पत्याएको छैन।
फुलको आँखामा, फुलै संसार
काँडाको आँखामा, काँडै संसार।☮️— Sandeep Lamichhane (@Sandeep25) November 8, 2020
सन्दीपले आइतबार बिहान ट्वीट गरेका थिए- फुलको आँखामा, फुलै संसार काँडाको आँखामा, काँडै संसार।