
मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
उनलाई कार्तिक २० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन्। कोरोना पुष्टि भएपछि उनलाई शनिबार (कार्तिक २२ गते) प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उपचारको क्रममा आइतबार दिउँसो १ः०५ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ९३ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा हाल ३४ जना संक्रमित उपचाररत छन्। त्यसमध्ये १४ जना आइसोलेलसनमा रहेको प्रतिष्ठानले जनाएको छ।