
पाकिस्तान सुपर लिग-पीएसएल प्ले अफको पूर्वसन्ध्यामा बंगलादेशी क्रिकेटर महमुदुल्लाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। मुल्तान सुल्तानले उनलाई आबद्ध गरेको थियो। पीएसएलको प्ले अफ नोभेम्बर १४ देखि सुरु हुँदै छ।
अब बंगलादेशी क्रिकेटरका रुपमा तामिम इकबालले मात्र यो सिजन पीएसएल प्ले अफ खेल्नेछन्। बंगलादेशको टीट्वेन्टी राष्ट्रिय टोलीका कप्तान महमुदुल्लाहले दुईपटक परिक्षण गर्दा दुवैमा पोजेटिभ नतिजा आएको बताएका छन्। कोरोना भाइरसको महामारीका कारण पीएसएल प्ले अफ रोकिएको थियो।
बंगलादेश क्रिकेट टोलीका मस्रफ मोर्ताजा, सैफ हसन र अबु जायेदलाई पनि यसअघि कोरोना संक्रमण भएको थियो। उनिहरु संक्रमणमुक्त भइसकेका छन्।
बंगलादेशमा हालसम्म चार लाख १८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ जसमध्ये ६ हजारभन्दा बढीको ज्यान गएको छ।