लकडाउनयता कति नेपाली आए विदेशबाट? कुन देशबाट कति (विवरणसहित)

लकडाउनयता कति नेपाली आए विदेशबाट? कुन देशबाट कति (विवरणसहित)
+
-

काठमाडौँ- कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

लकडाउनयता   शनिबारसम्म विभिन्न ३३ देशबाट १ लाख ३६ हजार २ सय १६ जना नेपाली स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ। सबैभन्दा बढी यूएईबाट फर्किएका छन्। यूएईबाट ४० हजार ६५ जना  नेपाली आएको सीसिएमसीले जनाएको छ।

सीसीएमसीका अनुसार कतारबाट २७ हजार एक सय १ जना नेपाल आएका छन्। साउदी अरबबाट १८ हजार ४ सय २९ जना आएका छन्। कुवेतबाट १० हजार चार सय ९१ जना आएका छन्।

मलेसियाबाट १८ हजार ६ सय १५ जना आएका छन्। टर्कीबाट ३ हजार पाँच सय ३२, जापानबाट ३ हजार ९ सय ९२, दक्षिण कोरियाबाट २ हजार ६५ जना फर्किएका छन्।

अस्ट्रेलियाबाट १ हजार एक सय, ओमानबाट २ हजार एक सय २६, अमेरिकाबाट चार सय ३७, जोर्डनबाट ५ सय ७७, चीनबाट ६ सय ३४, बहराइनबाट एक हजार ३ सय ३९ र सिंगापुरबाट एक हजार एक सय १८ जना फर्किएको सीसीएमसीले उल्लेख गरेको छ।

सुरुमा चार्टर्ड फ्लाइटमार्फत विदेशमा अलपत्र नेपालीलाई ल्याइएको थियो। पछिल्लो समय धेरै देशमा नियमित उडानसमेत खुला भइसकेको छ। केही देशले आफ्नै खर्चमा नेपालीलाई घर फर्काएका थिए।

खासगरी वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु करार अवधि सकिएर, रोजगारी गुमाएर अलपत्र परेका थिए। अवैधरुपमा बसिरहेका कामदारको संख्या पनि ठुलो रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?