
कोरोना भाइरसको संक्रमण क्यान्सरका बिरामीलाई बढी जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ। पछिल्लो एक अध्ययनका अनुसार कोरोना संक्रमण भएका क्यान्सर बिरामीमध्ये २२.४ प्रतिशतले ज्यान गुमाएका छन्।
यो कोरोना भाइरसको मृत्युदरभन्दा करिब २ सय ७३ गुणा बढी हो। नेसनल क्यान्सर इन्स्टिच्युटले गरेको उक्त अध्ययनअनुसार संक्रमित क्यान्सर बिरामीमध्ये ब्लड क्यान्सर र फोक्सोको क्यान्सर भएकामा मृत्युको जोखिम अझ उच्च हुन्छ।
फोक्सोको क्यान्सरका विरामीको मृत्युदर ६७.१ प्रतिशत र ब्लड क्यान्सरका विरामीको मृत्युदर ६५.८ प्रतिशत रहेको छ। यस इन्स्टिच्यूटले विश्वभर भएका विभिन्न १५ वटा अध्ययनका प्रतिवेदन केलाएको थियो।
यसमा ३ हजार १९ क्यान्सर बिरामीको नमूना लिइएको थियो। अध्ययनका अनुसार किमोथेरापी गरिरहेका क्यान्सर विरामीसँग कोरोना मृत्युदरको कुनै सम्बन्ध देखिएको छैन।