बलियो टोली म्यान सिटीसँग भिड्दै लिभरपुल, इतिहास बिर्सिएर शीर्षस्थानमा पुग्ने चुनौती

बलियो टोली म्यान सिटीसँग भिड्दै लिभरपुल,  इतिहास बिर्सिएर शीर्षस्थानमा पुग्ने चुनौती
+
-

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार साँझ साविक विजेता लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग खेल्दै छ। म्यान सिटीको मैदानमा हुने यो खेलमा जित वा बराबरी हात पार्न सके लिभरपुल अंक तालिकाको शीर्षस्थानमा पुग्ने छ।

७ खेलपछि लिभरपुलको १६ अंक छ। शीर्षस्थानमा रहेको साउथ ह्याम्पटनको पनि ८ खेलबाट १६ अंक रहेपनि गोलअन्तरमा लिभरपुल पछाडि छ। ८ खेलपछि चेल्सीको १५ तथा सात खेल खेलेको लेस्टर सिटीको पनि १५ अंक छ। म्यान सिटीको ७ खेलबाट ११ अंक छ। गत जुलाईमा भएको प्रिमियर लिगको अघिल्लो सिजनको खेलमा म्यान सिटीले घरेलु मैदानमा लिभरपुललाई ४-० गोलले हराएको थियो।

आइतबार राती हुने अन्य खेलमा टोट्टनहाम वेस्टब्रुमको मैदानमा उत्रने छ भने लेस्टरले घरेलु मैदानमा वुल्भ्सलाई स्वागत गर्ने छ।  यसैगरि आर्सनलले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्ने छ। ७ खेलपछि टोट्टनहामको १४ र आर्सनलको १२ अंक छ।

६ खेल खेलेको एस्टन भिल्लाको पनि १२ अंक छ। सुरुका चार खेल जितेको एस्टन भिल्लाले पछिल्ला लगातार खेल हारेको छ। यस्तै अर्को टोली एभर्टनले पनि सुरुका चार खेल जितेको छ जसले पछिल्ला चार खेलमा ३ हार र एक बराबरीको खराब नतिजा निकालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?