प्रदेश-१ मा २१९ संक्रमित थपिए, ६ सय डिस्चार्ज

प्रदेश-१ मा २१९ संक्रमित थपिए, ६ सय डिस्चार्ज
+
-

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का २ सय १९ जना नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा ९ सय ७६ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमा ७५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार मोरंगमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा समान २, पाँचथर, भोजपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका १४ जना रहेका छन्।

प्रदेश राजधानी विराटनगर महानगरपालिकामा १९ महिला र २९ पुरुष गरि कुल ४८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि, मोरंगकै सुन्दरहरैचा नगरपालिकामा १५, पथरीशनिश्चरे नगरपालिकामा ८, रतुवामाई नगरपालिकामा ७ , रंगेली नगरपालिकामा ६, उर्लाबारी नगरपालिका र कानेपोखरी गाँउपालिकामा समान ४, जहदा र बुढीगंगा गाँउपालिकासंगै बेलबारी नगरपालिकामा समान ३, ग्रामथान गाँउपालिकामा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ३३, इनरुवा नगरपालिकामा ४, रामधुनी नगरपालिकामा ३, धरान उपमहानगरपालिकासंगै देवानगञ्ज र कोशी गाउँपालिकामा समान २, दुहवी नगरपालिका र गढी गाँउपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा समान १२, दमक नगरपालिकामा ४, गौरीगञ्ज, अर्जुनधारा , मेचीनगर नगरपालिका, कचनकवल गाँउपालिकासंगै स्थानीय तह नखुलेकामा समान १ जना संक्रमण देखिएको छ ।

पहाडी क्षेत्रतर्फ तेह्रथुमको म्याङलुङ नगरपालिकामा ८, उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३, त्रियुगा नगरपालिकामा २ र बेलका नगरपालिकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुम गाँउपालिकामा समान १, संखुवासभाको पाँचखपन र खाँदबारी नगरपालिकामा समान १, पाँचथरको मिक्लाजुङ गाँउपालिका, भोजपुरको षडानन्द गाँउपालिका, खोटाङको खोटेहाङमा पनि समान १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ८४ पुगेकोछ ।

अर्कोतर्फ, प्रदेशमा आइतबार ६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। प्रदेशभित्रका विभिन्न होमआईसोलेसनबाट ५ सय ९५ र विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १ सय ७३ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?