अन्तिम मिनेटको गोलले युभेन्ट्स निराश, रोनाल्डोले गोल गरेपनि बराबरीमा सीमित

अन्तिम मिनेटको गोलले युभेन्ट्स निराश, रोनाल्डोले गोल गरेपनि बराबरीमा सीमित
+
-

लाजियोले अन्तिम मिनेटमा गोल फर्काएपछि साविक विजेता युभेन्ट्सले आइतबार राती भएको सिरि ए फुटबलमा १-१ गोलको बराबरीमा रोकिएको छ।

इन्जुरी समयबापत चार मिनेट थपिएको खेलमा लाजियोका फिलिप काइसेडोले अन्तिम समयमा गोल गर्दै युभेन्ट्स र टोलीका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई निराश बनाए।

लाजियोको मैदानमा भएको खेलमा रोनाल्डोले १५ औँ मिनेटमा गोल गरेका थिए। युभेन्ट्सले लगातार दुई बराबरीपछि अघिल्लो खेलमा स्पेजियालाई ४-१ गोलले हराएको थियो। त्यस खेलको दोस्रो हाफमा मैदान छिरेका रोनाल्डोले दुई गोल गरेका थिए। तर युभेन्ट्स पुन बराबरीमा रोकिएको हो।

कोरोना संक्रमणमुक्त भएपछि रोनाल्डो एक साताअघि मैदान फर्किएका हुन्। रोनाल्डोले यो सिजन घरेलु लिगमा ६ गोल गरेका छन्। ७ गोल गरेका एसी मिलानका ज्लाटन इब्राहिमोभिच सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्।

युभेन्ट्सले ७ खेलबाट १३ अंक जोडेको छ। शीर्षस्थानमा रहेको एसि मिलानको ६ खेलबाट १६ अंक छ। दोस्रो स्थानमा रहेको  सस्सुओलोको ७ खेलबाट १५ अंक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?