
काठमाडौँ–सुनको मूल्य सोमबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार सात सय थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।