तिहार अगाडि हुम्लामा खाद्यान्‍न अभाव भएपछि नाम्खा गाउँपालिकालाई सात सय क्विन्टल थप चामल

तिहार अगाडि हुम्लामा खाद्यान्‍न अभाव भएपछि नाम्खा गाउँपालिकालाई सात सय क्विन्टल थप चामल
+
-

सिमकोट-खाद्य व्‍यवस्था तथा ब्यापार लिमिटेड कम्पनीले तिहार अगाडी हाल खाद्यान्न समस्या रहेको नाम्खा गाउँपालिकाका लागि सात सय क्वीन्टल खाद्यान्न दिने भएको छ।

खाद्यान्न समस्या समाधान गर्न र हिमपातपछि ढुवानी गर्न नसकिने भएपछि कम्पनीले तत्काल खाद्यान्न दिने व्‍यवस्था गरेको हो।

लिमिटेडको ढुवानी अनुदानको सात सय क्वीन्टल खाद्यान्न तिहार अगाडी दिने निर्णय भए अनुसार उक्त खाद्यान्न नाम्खा गाउँपालिकालाई दिइने लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताए । यसले तत्कालका लागि ढुवानी अनुदानको खाद्यान्नले नाम्खा गाउँपालिकावासीलाई सहयोग पुग्नेछ।

नाम्खाको खाद्यान्न समस्यालाई लिएर लिमिटेडले बिशेष निर्णय गरेर सो खाद्यान्न उपलब्ध गराउने भएको छ । कोरोनाको कारण चिनीयाँ नाका बन्द हुदा हालसम्म खाद्य बस्तु तथा अन्य सामाग्री यसवर्ष नआएपछि नाम्खावासीले खाद्यान्न समस्या हुने सरकारसंग माग राख्दै आएको थियो।

उक्त खाद्यान्न हाललाई सिमकोटस्थित गोदामबाट पालिका केन्द्र याल्वाङमा रहेको बिक्री केन्द्रलाई उपलब्ध गराइने छ। बिक्री केन्द्रले आबश्यकता अनुसार उक्त खाद्यान्न ६ वटै वडामा बिक्री गर्नेछ।

लिमिटेडको सिमकोटस्थित गोदामबाट एक दुई दिनमा सो खाद्यान्न उठाइने प्रमुख विष्टले जानकारी दिए । यसअघि कात्तिक पहिलो हप्ता लिमीबासीका लागि तीन सय क्वीन्टल खाद्यान्न उपलव्ध गरिएको थियो । खाद्य वस्तुमा चीनको ताक्लाकोटमा आश्रीत नाम्खा गाउँपालिकामा यसवर्ष उतावाट नाका बन्द्य भएप्छि खाद्यान्न नआउदा समस्या भएको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?