सिमा सुरक्षा चौकीका प्रहरी रासन पानी उधारोमा खान बाध्य

सिमा सुरक्षा चौकीका प्रहरी रासन पानी उधारोमा खान बाध्य
+
-

सिमकोट-जिल्लाको उत्तरी क्षेत्र सिमा प्रहरी चौकी सुनखानीमा खटिएका प्रहरी देखिन रासनपानी उधारोमा खाना बाध्य हुदै आएका छन्।

बजार नभएको र नियमित रुपमा तलव भत्ता खान पनि संभव नभएपछि दैनिक गर्जो टार्न उधारो खानु परेको हो।

गत जेठ महिनाबाट जिल्लामा रहदै आएको दरवन्दीको प्रहरी चौकीमा पुगेको थियो । नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर तामाङका अनुसार प्रहरी चौकीमा पुगदेखि नै दैनिक उपभोग्य सामान उधारोमा ब्यबस्था गरिएको छ।

प्रहरी चौकी भएको स्थानमा बजार पनि नभएकोले प्रहरी नजिकका हल्जी र जाँङ गाउँबात चामल, दाल, तरकारी उधारो ल्याएर खानु पर्ने अबस्था रहेको छ । जेठ देखि कात्तिक महिनासम्म खाएको उधारो जिल्लामा गएपछि एक्कै पटक हिसाव गर्ने सहमति अनुसार खाद्यान्नको ब्यबस्था गरिएको उनले बताए।

यसरीहिमालपारीको गाउँ लिमीमा सिमा सुरक्षामा खटिएका प्रहरीलाई उधारोमा दैनिक उपभोग्य सामाग्री खरिद गर्नु बाध्यता रहेको प्रहरीले जनाएको छ । फोन पनि नलाग्ने र बैंकको सुबिधा नहुदा आर्थिक कारोवार नहुने भएपछि उधारोमै खानुको बिकल्प नरहेको हो।

अब प्रहरी जिल्लामा गएपछि पैसाको ब्यबस्था गर्नेछन्। साढे छ महिना चौकीमा बस्दा प्रहरीले लिमीबासीको बत्तीस कट्टा चामल उधारोमा खाएका छन्।

प्रहरी नावय निरीक्षकको नेतृत्वमा २३ जना प्रहरीको दरवन्दी भएपनि हाल सात जना मात्र कार्यरत रहेको र बाँकी दरवन्दी खाली रहेको प्रहरी निरीक्षक सिताराम बिष्टले बताए।

सदरमुकाम सिमकोट आईपुग्न तीन दिन लाग्छ भने हिल्सा बजार जान डेढ दिन प्रहरी चौकीबाट लाग्‍ने गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?