श्रीमती अनुस्काले बच्चा जन्माउने बेलामा कोहली अस्ट्रेलिया भ्रमणबाट बीचमै फर्कने

श्रीमती अनुस्काले बच्चा जन्माउने बेलामा कोहली अस्ट्रेलिया भ्रमणबाट बीचमै फर्कने
+
-

कप्तान विराट कोहली भारतको अस्ट्रेलिया भ्रमणका क्रममा पहिलो टेस्ट क्रिकेट खेलेर घर फर्कने भएका छन्।

श्रीमती अनुस्का शर्माले बच्चा पाउने समय भएकाले उनको हेरचाह र रेखदेखका लागि कोहली भ्रमणको बीचमै घर फर्कने चर्चित क्रिकेट साइट क्रिकइन्फोले जनाएको छ। अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट डिसेम्बर १७ तारिखमा सुरु हुँदै छ। अनुस्काले नयाँ वर्षको आसपासमा बच्चा जन्माउने समय रहेको उल्लेख गरिएको छ।

कोहली घर फर्कने भएपछि रोहित शर्मालाई टिममा समावेश गरिएको छ। यसअघि चोटका कारण रोहितलाई टिमबाहिर राखिएको थियो। तर उनले भ्रमणका क्रममा सीमित ओभरका प्रतियोगिता मात्र खेल्नेछन्।

सुरुमा अस्ट्रेलिया र भारतबीच तीन खेलको एकदिवशीय शृंखला हुने छ जुन नोभेम्बर २७ तारिखबाट सुरु हुने छ। त्यसपछि तीन खेलको टीट्वेन्टी शृंखला आयोजना हुने छ। उनिहरुबीच चार खेलको टेस्ट शृंखला पनि हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?