प्रदेश-१का जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरी काम गरेका छैनन्: सामाजिक विकास मन्त्री घिमिरे

प्रदेश-१का जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरी काम गरेका छैनन्: सामाजिक विकास मन्त्री घिमिरे
+
-

मोरङ- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्लाका अस्पतालहरुले नतिजा देखिने गरि काम नगरेको बताएका छन्।

विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आयोजित प्रदेशस्तरीय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा बोल्दै मन्त्री घिमिरेले जिल्ला अस्पतालका कार्य र विस्तार भएका सेवाहरु आमजनताले अनुभूत गर्न नपाएको बताए।

उनले भने, ‘कोरोना महामारी चलिरहँदा जिल्लाका कुनै पनि अस्पतालले आमजनताले अनुभूत गर्ने गरी सेवा दिन सकेका छैनन्। अब ती अस्पतालहरुले परिणा देखिने गरी काम गर्नुपर्छ। ‘

प्रदेश सरकारले उपलब्ध गराएका बजेटको परिणामसमेत सोही अनुसार देखिनुपर्नेमा जोड दिएका मन्त्री घिमिरेले प्रदेशवासीले सेवा सुलभ भएको अनुभुति गर्नुपर्नेमा जोड दिए।

प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई चालु आर्थिक बर्षमा ७ करोड देखि ३५ करोड सम्म बजेट उपलब्ध गराएको छ। गएको अढाइ बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेको उनको भनाई छ।

सोही क्रममा उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको जानकारी दिएका थिए।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौति नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?