
नेपालगञ्ज – कोरोना संक्रमित बर्दियाका ३२ वर्षीय युवाको भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बर्दिया राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय युवकको मंगलबार बिहान ११ बजे मृत्यु भएको जानकारी दिए ।
फोकलपर्सन श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या आएपछि कात्तिक १३ गते भेरीमा भर्ना भएका युवकको त्यही दिन स्वाव लिइएको थियो ।
भोलिपल्ट रिपोर्ट आउँदा पोजिटिभ आयो । त्यसपछि नियमित उपचार भइरहेका युवकको आज बिहान ११ बजे मृत्यु भएको हो ।
बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ।
बाँकेमा पछिल्लो दिनमा कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भइरहेको छ।