आईपीएल २०२० उपाधि भिडन्त

एकै सिजन चौथो पटक भिड्दै मुम्बई र दिल्ली, कीर्तिमान लम्ब्याउने र पहिलो पटक विजेता बन्ने होड

एकै सिजन चौथो पटक भिड्दै मुम्बई र दिल्ली, कीर्तिमान लम्ब्याउने र पहिलो पटक विजेता बन्ने होड
+
-

इतिहास हेर्ने हो भने इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको सबैभन्दा बढी सफल टोली हो मुम्बई इन्डियन्स।

सर्वाधिक चारपटक विजेता बनेको छ।  ऊ भन्दा पछाडि रहेको चेन्नई सुपर किङ्सको नाममा तीन उपाधि छ। ताजा इतिहास हेर्ने हो भने पनि मुम्बई सबैभन्दा सशक्त टोली देखिएको छ।

प्रतियोगिताको जारी सिजन लिग चरणमा शीर्षस्थानमा रहेको मुम्बई सहजै फाइनलमा पुगेको थियो, पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर। दिल्ली त्यही टोली थियो जसलाई मुम्बईले लिग चरणमा दुवै पटक हराएको थियो।

मुम्बईलाई उपाधि भिडन्तमा के सजिलो छ भने, दिल्लीसँग नै प्रतिस्पर्धा गर्दैछ। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराएर दिल्ली इतिहासमा पहिलोपटक आईपीएलको फाइनल पुगेको हो। उपाधि भिडन्त मंगलबार साँझ नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ।

साविक विजेतासमेत रहेको मुम्बई लगातार उपाधि रक्षा गर्ने प्रयासमा रहनेछ। आईपीएल इतिहासमा यसअघि चेन्नईले मात्र लगातार दुई सिजन उपाधि रक्षा गर्न सकेको छ। उसले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो।

सर्वाधिक विजेता रहेर पनि मुम्बईले यस्तो सफलता हात पार्न सकेको छैन। पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेको मुम्बई त्यतिबेला उपविजेतामा सिमित रहेपनि त्यसयताका हरेक फाइनल यात्रामा उपाधि जित्दै आएको छ।

टिमको नतिजा जे जस्तो रहेपनि खेलाडीको व्यक्तिगत प्रदर्शनका हिसाबले दुवै टोलीमा उच्चस्तरका खेलाडी छन्। यो सिजन आईपीएलमा दिल्लीका कागिसो रबडाले सर्वाधिक २९ विकेट लिएका छन्। उनले १६ खेलमा यो सफलता प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका मुम्बईका जसप्रित बुमराहले १४ खेलमा २७ विकेट हात पारेका छन्। अघिल्लो खेलमा बुमराह र रबडा दुवैले चार–चार विकेट हात पारेका थिए। मुम्बईकै ट्रेन्ट बोल्टले १४ खेलमा २२ विकेट हात पारेका छन्।।

ब्याटिङतर्फ दिल्लीका शिखर धवनले १६ खेलमा चार अर्धशतक र दुई शतकसहित ६ सय ३ रन बनाएका छन्। उनी यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रोमा छन्।

शीर्षस्थानमा रहेका किङ्स इलेभेन पन्जाबका केएल राहुलले १४ खेलमा ६ सय ७० रन बनाएका छन्। मुम्बईका इसन किसनले १३ खेलमा चार सय ८३, क्विन्टन डी कोकले १५ खेलमा चार सय ८३ र सुर्यकुमार यादवले १५ खेलमा चार सय ६१ रन बनाएका छन्। दिल्लीका कप्तानसमेत रहेका श्रेयस अय्यरले १६ खेलमा चार सय ५४ रन जोडेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?