रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु

रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु
+
-

बुटवल–रुपन्देहीमा उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत ४८ वर्षीय महिलाको सोमबार राती मृत्यु भएको हो। उनलाई गत १८ गते पिसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भैरहवा भीम अस्पतालको आइसीयुमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा सोमबार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए ।

ती महिलालाई दीर्घरोग नभएपनि निमोनियाको समस्या पटक पटक दोहोरिने गरेको शाहले बताए। रुपन्देहीमा यसअघि पनि एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो।

सोमबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनिकमा कपिलवस्तुका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ।

कपिलवस्तु नगरपालिका ६ का ७९ वर्षे पुरुषको सोमबार राती मृत्यु भएको अस्पतलाका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ सोमबार बिहान अस्पताल ल्याइएको थियो। पिसीआर टेष्ट गर्दा संक्रमण देखिएपछि फिभर क्लिनिकको आइसोलेसन वाडमा राखेर उपचार गरिएपनि राती मृत्यु भएको डा गौतमले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?