दिल्लीका सर्वाधिक सफल धवन पनि आउट, पर्पल क्याप पन्जाबका राहुललाई पक्काजस्तै

दिल्लीका सर्वाधिक सफल धवन पनि आउट, पर्पल क्याप पन्जाबका राहुललाई पक्काजस्तै
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल २०२० को अहिले भइरहेको फाइनलमा पहिला ब्याटिङ गरिरहेको दिल्ली क्यापिटल्स दबाबमा परेको छ। सुरुमै ३ विकेट झरेपछि दिल्ली दबाबमा परेको हो।

प्रारम्भिक ब्याट्सम्यान मार्कस स्टोइनिस पहिलो बलमै आउट भएभने अजिन्क्या रहानेले २ रनमात्र बनाए। दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। अर्का ओपनर शिखर धवन १५ रनमा खेलिरहेका बेला जयन्त यादबको बलमा बोल्ड आउट भए।

धवन प्रतियोगिताको यो सिजन दिल्लीका सर्वाधिक सफल खेलाडी थिए। उनले २ सतक र चार अर्धसतक बनाएका थिए। धवन आउट भएसँगै किङ्स इलेभेनका केएल राहुलले सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानका रुपमा पाउने पर्पल क्याप जित्ने निश्चित जस्तै भएको छ। राहुलले ६ सय ७० रन बनाएका छन्। दोस्रो स्थानमा रहेका धवनको नाममा ६ सय १८ रन रहेको छ। अब राहुललाई पछ्याउने दौडमा मुम्बईका इसन किसन मात्र छन्। तर उनको नाममा ४ सय ८३ रनमात्र छ। उनी एक्लैले करिब २ सय रन बनाएमात्र राहुलले जित्न सक्ने छैनन्। तर यो व्यावहारिक देखिदैन।

साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय  गरेको हो। दिल्लीले ५ ओभरमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ।

दिल्लीले अहिलेसम्म उपाधि जितेको छैन भने मुम्बई सर्वाधिक चारपटकको विजेता हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?