नेपाली भू-भागमा चिनियाँ पक्षले भवन बनाएको प्रतिवेदन दिने सहायक-प्रमुख जिल्ला अधिकारी हुम्लाबाट सरुवा

नेपाली भू-भागमा चिनियाँ पक्षले भवन बनाएको प्रतिवेदन दिने सहायक-प्रमुख जिल्ला अधिकारी हुम्लाबाट सरुवा
+
-

सिमकोट-हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले सरुवा गरेको छ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा पर्ने लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको सर्व प्रथम स्थलगत अवलोकन पछि प्रतिबेदन दिएकै कारण उनको सरुवा गरिएको हो।

जिल्लाबाट सरुवा भई रमाना बुझेर बिदाइ गरि जिल्ला छोड्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनको कर्मचारी मिलन केन्द्रले एक कार्यक्रम गरेर बिहीवार बिदाई गरेको थियो।

लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको प्रतिबेदन गृहमन्त्रालयमा बुझाएपछि उनी बिबादमा पर्दै आएका थिए । तत्कालै सरकारले त्यसवारेमा बुझन जिल्ला सुरक्षा समितिको नेतृत्व गरेर प्रमुख जिल्ला अधिकारीलाई खटाएको थियो।

उक्त टोली सदरमुकाम सिमकोट फिर्ता नहुदै चीनले लोलुङजोङमा भौतिक संरचना निर्माण आफ्नै भुमिमा रहेको जनाएको भोली पल्टै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले चीनले आफ्नै जमिनमा भौतिक संरचना बनाएको बताएका थिए।

त्यतिखेर उनलाई गृहमन्त्रालयले स्पष्टिकरण पनि सोधेको थियो । सरकारी दवादकाबिच स्थलगत रुपमा स्थानीय बासिन्दाको भनाईलाई बिस्वास मानेर गल्ती गरेको जवाफ उनले सरकारलाई दिएर जोगिएका थिए।

अन्य कुनै कारण नभएर उक्त प्रतिबेदनलाई नै लिएर उनको सरुवा गरिएको श्रोतले बतायो । उनी जुम्ला जिल्लाको हुलाक कार्यालयमा सरुवा भएका छन् । उनी हुम्लामा एक वर्ष देखि बस्दै आएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?