विदेशीका लागि पर्यटक भिसा छिट्टै खुल्छः पर्यटनमन्त्री भट्टराई

विदेशीका लागि पर्यटक भिसा छिट्टै खुल्छः पर्यटनमन्त्री भट्टराई
+
-

झापा- कोरोना महामारीका कारण बन्द भएको विदेशी नागरिकका लागि पर्यटक भिसा सरकारले छिट्टै खोल्ने पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन्।

कोरोना महामारीका कारण थला परेको पर्यटनलाई माथि उकास्नका लागि भए पनि विदेशी नागरिकका लागि पर्यटक भिसा छिट्टै खोल्न लागिएको मन्त्री भट्टराईले बताए।

झापाको चन्द्रगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले कोरोना संक्रमणका कारण नेपालको पर्यटन उद्योग धरासायी भएको बताए।

‘मारमा परेका पर्यटन व्यवसायीलाई राहत दिन सरकारले ५० अर्ब बराबरको पुनर्उत्थान कोष सञ्चालनमा ल्याउने तयारी गरेको छ’, उनले भने, ‘मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि यो लागू हुन्छ।’

कोष सञ्चालनमा आएपछि व्यवसायीले पाँच प्रतिशत व्याजदरमा ऋण पाउने मन्त्री भट्टराईले बताए।

गृह जिल्ला ताप्लेजुङमा एक साताको बसाईपछि झापा आएका मन्त्री भट्टराईले शुक्रबार नै नेपालको सबैभन्दा होचो भूभाग केचनाको पनि अवलोकन गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?