उपचार खर्च नदिउन्जेल शव दिन सकिदैनः विराटनगर अस्पताल, प्रशासन पत्र काट्नै व्‍यस्त

उपचार खर्च नदिउन्जेल शव दिन सकिदैनः विराटनगर अस्पताल, प्रशासन पत्र काट्नै व्‍यस्त
+
-

मोरङ-विराटनगरस्थित विराटनगर अस्पतालले उपचारतपछि मृत्यु भएका एक ब्यक्तीको शव आर्थिक अवस्थाका कारण फिर्ता नदिएको पीडित परिवारले जनाएको छ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सिरहाको विष्णुपुर गाँउपालिकाका ३५ वर्षीय अरुणकुमार यादवको शव रकम बुझाउन नसक्दा परिवारले पाउन सकेका छैनन्। कोरोना भाइरस कोभिड १९ सँग मिल्दो लक्षण देखिएपछि परिवारले कार्तिक १८ गते अस्पतालमा भर्ना गराएको थियो।

अस्पतालमा भर्नाभएसंगै गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजिटभ आएको थियो। त्यसपछि यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको थियो।

यसक्रममा अस्पतालले भने बमोजिम अरुणका श्रीमती प्रमशिलाले १ लाख ४ हजार रुपैया भर्ना शुल्क बुझाएकी थिइन्। भेन्टिलेटरमा उपचारका लागि दैनिक ५० हजार रुपैया खर्च रहेको थियो । विपन्‍न परिवारले यससँगै औषधि पनि चलाउनु परेको थियो। परिवारका सदस्यका अनुसार यादवको स्वास्थ्यमा सुधार आउन नपाउदै कार्तिक २५ गते मृत्यु हुनपुग्यो।

यसक्रममा अस्पतालको उपचार खर्च ४ लाख ७७ हजार ५ सयको पुगेको थियो। आफूसंग भए भरको रकम बुझाइसकेको अवस्थामा बाँकी रकम कसरी जोहो गर्ने पीडित परिवारले थप संकट पर्‍यो। थप रकम बुझाउन नसकेपनि उनले श्रीमानको लाशका लागि हार गुहार गरिन्।

अस्पताललाई विन्ती गरिन्। तर अस्पताल रकम नबुझाउन्जेल शव दिने अवस्था उभिएन्। अस्पताल प्रशासनले रकम बुझाएपछि मात्र शव दिन सकिने जनायो। त्यसपछि पीडित महिला श्रीमान्‌को शव अस्पतालमै राखेर विष्णुपुर घर फर्किन बाध्य भइन्। ‘उनी फर्किएर घर गएको चारदिन भएको छ, शव अस्पतालमै रहेको छ,’ अरुणका नजिकका राम यादवले बताए।

पीडित परिवार अस्पतालले शव नदिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेका थिए। प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विपन्न नागरिकको उपचार खर्च सरकारले नै व्योहोर्ने भएकाले शुल्क नलिई शव बुझाउन पत्राचार गरेको थियो। प्रशासनको पत्रको जवाफमा अस्पतालले मृतकका आफन्त सम्पर्कबिहिन भएको र आफन्तबाट उपचार खर्च उठाइदिन जनाउदै पत्र पठाएको छ।

प्रजिअ निरौलाले अस्पतालको शैय्या शुल्क दैनिक ५० हजार रुपैया तोकिनु अधिक भएको बताएका छन्। निरौलाले भने ‘बढी शुल्क लिने सबै अस्पताललाई कारवाहीको दायरामा ल्याउँछु।’

यद्धपि, अस्पतालका प्रसाशन प्रमुख पदम विनारी मृतकका आफन्तले शक्ति प्रदर्शन गर्न खोजको आरोप लगाँउछन्। अस्पतालले उपचारमा लागेको रकम सबै छुट गर्न नसक्ने र रकम नतिरेसम्म शव दिन नसकिने प्रस्टाएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?