अब विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक पैठारीमा भन्सार महसुल नलाग्‍ने

अब विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक पैठारीमा भन्सार महसुल नलाग्‍ने
+
-

काठमाडौं-अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको बताएको छ।

अर्थ मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारेको हो।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०७।२४ मा बसेको बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ’- प्रेस विज्ञप्तिमा उल्लेख छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, 2075 ले नेपाली प्रकाशक, वितरक वा सोल एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाई मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बीमा जोडी हुन आउने मूल्य) मा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?