
मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश २ का उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरी कमलपुर १ का ४० वर्षीय पुरुषको शुक्रबार १ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
उनका अनुसार कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका विरामीलाई सोही दिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । विरामीमा दीर्घ रोग भए नभएको जानकारीमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ।
हाल प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३१ जना पीसीआर पोजिटिभका विरामी रहेका छन्।
दुईजना कोरोनाका शंकास्पद विरामी अस्पतालमा रहेको जनाएको प्रतिष्ठानले ९ जना संक्रमित आइसोलेसनमा रहेको जानकारी दिएको छ ।